काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आइतबार अमेरिकी डलरको भाउ १९ पैसाले बढेको छ ।
आईतबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८५ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । यसअघि शुक्रबार यसको खरिददर १३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६६ पैसामा कारोबार भएको थियो ।
आज युरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ४० रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ०२ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २२ पैसाले बढेको छ । यसअघि शुक्रबार यूरोको खरिददर १४१ रुपैयाँ १८ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ ८० पैसामा कारोबार भएको थियो ।
यसैगरी आज बेलायती पाउन्ड एकको खरिदमूल्य १६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, आइतबार अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३२ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ २९ पैसा र बिक्रीमा ९५ रुपैयाँ ७१ पैसा रहेको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ६८ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७२ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ७२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ८० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ३५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ३९ पैसा कायम गरेको जनाइएको छ ।
उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५६ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार ३० रूपैयाँ ५२ पैसा र बिक्रीदर ३० रूपैयाँ ६६ पैसा कायम गरेको छ ।
यसैगरी, आइतबारको लागि कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ९३ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३६४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend