काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । मंगलबार अमेरिकी डलरको भाउ सामान्य बढेको छ ।
आज अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ २३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८३ पैसा रहेको छ। सोमबार अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७७ पैसामा भएको थियो ।
त्यसैगरी, मंगलबार युरो एक रुपैयाँ २९ पैसाले बढेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६६ पैसा रहेको छ। सोमबार भने यसको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा तोकिएको थियो ।
आज बेलायती पाउन्ड ६७ पैसाले बढेर पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १७ पैसा तोकिएको छ। यसअघि सोमबार पाउन्ड एकको खरिददर १६५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ५६ पैसा थियो।
त्यसैगरी मंगलबारको लागि अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८० पैसा कायम गरिएको छ। मंगलबार क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ९६ पैसा र बिक्रीमा ९७ रूपैयाँ ३९ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ६६ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७० पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६८ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ५३ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ५२ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २७ रूपैयाँ ८८ पैसा र बिक्रीदर २८ रूपैयाँ कायम गरेको छ ।
यसैगरी, आजको लागि कुवेती दिनार एकको खरिददर ४३२ रुपैयाँ ५६ र बिक्रीदर ४३४ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend