काठमाडौं । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिले नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा एक प्रवचन गोष्ठी आयोजना गर्यो ।
महासंघका नवनिर्वाचित अध्यक्ष अस्मिता भण्डारीको सभापतित्वमा प्रमुख अतिथि पूर्व प्रधानसेनापति प्यारजङ्ग थापा र प्रमुख वक्ता त्रिभुवन विश्वविद्यालय इतिहास संस्कृति विभागाध्यक्ष प्रा.डा. विणा पौडेल रहनुभएको थियो ।
बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको नेपाल एकीकरणको दूरदर्शीता, आजका चुनौती र हाम्रो भुमिका विषयक गोष्ठी कार्यक्रमका अन्य वक्ताहरूमा किराँत धर्मगुरु डा चन्द्रकुमार शेर्मा, बौद्ध धर्म गुरु शिव औतारी लामा, श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष श्यामकृष्ण शर्मा, नेपाल जैन परिषदका अध्यक्ष बिमल चन्द्र राखेचा, पर्यटन व्यवसायी राजेन्द्र सापकोटा, वरिष्ठ अधिवक्ता विष्णु भट्टराइहरहनुभयो ।
महासंघका सचिव भोला दाहालले संचालन गर्नुभएको कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगायतलाई अध्यक्ष अस्मिता भण्डारीले मन्तव्यद्वारा स्वागत गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुहुँुदै बडा महाराजाधिराज पृथ्वीनारायण शाहको नेपाल एकीकरणको योगदानलाई कुनै पनि नेपालीले भुल्न नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो–जसले पृथ्वीनारायण शाहलाई मान्दैन त्यो नेपाली हुन सक्दैन । पुस २७ गते पृथ्वी जयन्तीलाई प्रत्येक नेपालीले हर्षोल्लासका साथ देशब्यापी रुपमा मनाउनुपर्छ । र उहाँको तस्वीर अंकित हुलाक टिकट र नोट मुद्रण गरिनु पर्दछ ।’ वैदिक बटुकहरुको स्वस्तिवाचन सहित दीप प्रज्वलन गरी शुभारम्भ भएको कार्यक्रमको शुभारम्भमा प्रमुख अतिथिसहित मञ्चस्थ सबैले बडामहाराजाधिराज पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गर्नुभएको थियो । विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका उप सभापति अरुणकुमार पाण्डेले धन्यवाद मन्तव्य राख्नुभयो ।
कार्यक्रमका सभापति महासंघका अध्यक्ष अस्मिता भण्डारीले मन्तव्यमा राष्ट्र निर्मातालाई राजसंस्था र राजनीतिसंग जोडेर हेर्न नहुने भन्दै राष्ट्र निर्माताको सम्मान नगर्ने व्यक्ति वास्तविक नेपाली नागरिक हुन नसक्ने बताउनुभयो । प्रमुख अतिथि पूर्व प्रधानसेनापति प्यारजंग थापाले दिव्य उपदेशको चर्चा गर्नुहुँदै आजको राजनीति अर्थनीति विदेश नीतिमा समेत दिव्योपदेश मार्गदर्शक हुनसक्ने बताउनुभयो ।
कार्यक्रममा महासंघका उपाध्यक्ष राधेश्याम थापा, कोषाध्यक्ष गणेश रिमाल, केन्द्रीय सदस्य प्रदीपलाल श्रेष्ठ, दक्षिण यशियाली ज्योतिष महासंघका सभापति आचार्य लक्ष्मण पन्थी, नेपाल ज्योतिष परिषदका वरिष्ठ उपाध्यक्ष पं लेखनाथ न्यौपाने , विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका महासचिव उत्तमराज भण्डारी, कामधेनु गौशाला नवलपुरका संचालक गौदास बाबा लगायतको उपस्थिति रहेकोे थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend