Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समाजवादी मोर्चाको बैठक माघ २ गते


    शुक्रबार, पुष २६ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – समाजवादी मोर्चाको बैठक माघ २ गते बुधबार बस्ने भएको छ । आज (शुक्रबार) सिंहदरबारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफलपछि आगामी बुधबार समाजवादी मोर्चाको बैठक बस्न लागिएको हो ।

    बिहिबार पनि प्रचण्ड र माधव नेपालले सिंहदरबारमा छलफल गरेका थिए । बैठकमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी थिए ।

    ४ असार २०८० मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार