Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड-माधव भेटमा राजेन्द्र लिङ्देन पुगेपछि बाहिरिए राजेन्द्र श्रेष्ठ


    शुक्रबार, पुष २६ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।

    सिंहदरबारमा प्रचण्ड र नेपालबीच छलफल जारी रहेको एक नेताले जानकारी दिए । उक्त भेटवार्तामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागि छन् ।

    बैठकमा लिङ्देन प्रवेश भएपछि अशोक राई नेतृत्वको जसपाका नेता राजेन्द्र श्रेष्ठ भने बाहिरिएका छन् । सो छलफलमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे आगामी दिनमा समान धारणा बनाउनमा वार्ता केन्द्रित रहेको जनाइएको छ ।

    विपक्षी दलहरुले संसदको अधिवेशन बोलाउन सरकारमाथि दबाब बढाउँने तयारी गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार