Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • रवि लक्षित सूर्य थापाको टिप्पणी- चचहुई गर्नुपर्दैन, ४ जिल्लामा सुनुवाइ अझै बाँकी छ !


    शुक्रबार, पुष २६ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले रास्वपा सभापति रवि लामिछानेको रिहाइमा खुसीयाली मनाउनु पर्ने कारण नहरेको टिप्पणी गरेका छन् ।

    उनले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक शैलीमा प्रतिक्रिया दिँदै यस्तो टिप्पणी गरेका हुन् । ६५ लाख धरौटीमा रिहा हुँदा सफाइ पाएको भन्दै उनले चचहुई गर्नुपर्नेको औचित्य नरहेको बताए ।

    काठमाडौँ, बुटवल ,चितवन र वीरगन्ज सुनुवाइ बाँकी रहेकोले खुसीयाली मनाउन हतार नगर्न थापाले भनेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शिजो बिहिबार पोखराको सूर्यदर्शन सहकारी बचत रकम अपचलन मुद्दामा ६५ लाख धरौटीमा रिहा भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार