काठमाडौँ – कर्णालीबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेकपा एमालेका नेताहरूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आगामी बजेटबारे छलफल गरेका छन् ।
प्रधानमन्त्रीलाई भेटेर आगामी बजेटमा कर्णालीलाई समेट्नुपर्ने विषयमा बेलैमा लिखित आग्रह गरेको एमाले नेता विष्णु रिजालले जानकारी दिएका छन् ।
‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट भयो, हिजो भनौँ कि आज, हिजो राती साढे ११ बजेबाट आज बिहान १ बजेसम्म,’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन् ।
रिजालका अनुसार एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीको संयोजन तथा नेतृत्वमा कर्णालीबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
व्यस्त समयका बाबजुद प्रधानमन्त्रीको समय मिलेको भनेर रिजालले आभार समेत प्रकट गरेका छन् । भेटमा प्रधानमन्त्री ओलीले आफूहरूसँग एआईको प्रयोग, पार्टी अनुशासन र पिएचडीको चर्चा गरेको पनि रिजालले बताएका छन् ।
उनले लेखेका छन्, ‘एमाले र काँग्रेसबिचको कार्यदलको बैठक सकेर, बीचमा अरु भेटघाट पनि गरेर व्यस्तताका बीच प्राप्त समयमा उहाँको विस्तृत ज्ञानको दायराबाट विविध विषयमा लाभ हासिल गरियो(कर्णाली सभ्यता एआईको प्रयोगात्मक परीक्षणसम्म । पार्टी अनुशासनदेखि पीएचडीसम्म ।’
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend