Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • बीमा प्राधिकरणको अध्यक्ष पदका लागि दरखास्त आह्वान


    शुक्रबार, पुष २६ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले आज(शुक्रबार) एक सुचना जारी गर्दै आवेदन माग गरेको हो ।

    समितिले आज सार्वजनिक गरेको सूचनामा लेखिएअनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्ने छन् । तत्कालीन अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै प्राधिकरणमा अध्यक्ष पद रिक्त छ ।

    हाल अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालकले अध्यक्ष रूपमा काम गरिरहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार