Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अनिल पोखरेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको आदेश


    बिहिबार, पुष २५ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – संघिय संसद्‍को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।

    ठगी आरोपमा पक्राउ परेका पोखरेललाई मोरङ जिल्ला अदालतका न्यायाधीश पारशमणि पोखरेलको इजलासले पाँच दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

    पोखरेललाई आज (बिहीबार) बिहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। अनिलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भनी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ।

    सो प्रकरणमा सोमबार मोरङ जिल्ला अदालतले उनलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। सो मुद्दामा पक्राउ पुर्जी जारी भएपछि लेखा समितिका सभापति ऋषिकेशले यही पुस १९ गते अनिललाई आफ्नो स्वकीय सचिवबाट निष्कासन गरेका थिए।

    लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव पक्राउ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार