Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कास्की जिल्ला अदालतमा आदेश लेखन जारी, अदालत परिसरमा सुरक्षा ब्यवस्था कडा


    बिहिबार, पुष २५ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • पोखरा – कास्की जिल्ला अदालतको सुरक्षा ब्यवस्था कडा पारिएको छ । रबि लामिछानेसहितको मुद्दाको आदेश आउने भए पछि अदालत परिसर भित्र सुरक्षा ब्यवस्था कडा गरिएको हो ।

    सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्तको थुनछेक बहसका प्रक्रिया पूरा भएपछि अहिले कास्की जिल्ला अदालतमा आदेश लेखन कार्य भइरहेको छ । अदालत सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको आदेश लेखन कार्य भइरहेको हो ।

    न्यायाधीश नीतिज राईको इजलासमा जाहेरवाला, प्रतिवादी र सरकारी वकिलले वहस गरेपछि आज सरकारी वकिलले जावफी बहस गरेको थियो । सरकारी वकिलको जवाफी वहस सकिएपछि आजै रवि लाछिाने सहितलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्ने आदेश सुनाउने तयारी गरेको हो

    न्यायाधीश नीतिज राईले  सरकारी वकिलको तर्फबाट जवाफी बहस भएपछि प्रतिवादीलाई बोलन समय दिएका थिए । त्यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले बाहिर रहेर सहकारीपीडितलाई न्याय दिलाउन पहल गर्ने भन्दै थुनाबाहिर रहेर पूर्पक्ष गर्ने आदेश दिन माग गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार