काठमाडौं – उपत्यकामा बसोबास गर्ने मगर समुदायले टुँडिखेलमा दुई दिन भव्य रुपमा माघे संक्रान्ति पर्व मनाउने भएका छन् । नेपाल मगर संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफ्नो प्रमुख पर्वका अवसरमा यही पुस २९ र माघ १ गतेका दिन टुँडिखेलमा माघे सकराती पर्व भव्य रुपमा मनाउने जानकारी दिएको हो । माघे संक्रान्ति मगर समुदायको नयाँ वर्षको सुरुआत पनि हो ।
टुँडिखेलमा आयोजना गरिने मगर मौलिक संस्कृति प्रदर्शन कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने संघले जनाएको छ । कार्यक्रममा मगरहरुको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक मगर खाना तथा पोसाकहरुको प्रदर्शनी गरिने संघका उपाध्यक्ष रक्षाबहादुर रैका मगरले जानकारी दिए । माघ १ गते विशेष समारोह सुरु हुनअघि मौलिक झाँकीसहित १० बजे भृकुटी मण्डपबाट ¥याली सुरु हुने उनले बताए ।
पत्रकार सम्मेलनमा मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले नेपालको संस्कृतिमा ठोस नीति नहुँदा मौलिक संस्कृति लोप हुँदै गएको भन्दै मानव सिर्जित संस्कृतिहरूको जगेर्नामा सरकारले ध्यान दिनुपर्ने बताए । मानवलाई प्रकृतिसँग जोड्नका लागि कला–संस्कृतिहरुहरुको मौलिक महत्त्व रहेको उनले बताए ।
उक्त चाडमा चेलीहरुले मूलको पानी र जमरा स्वरूप जौको फूल लिएर घरको धुरी खाँबोमा पूजा गर्ने प्रचलन रहेको मगरले जानकारी दिए । त्यस्तै विभिन्न खानेकुरा तथा उपहारहरू यस सक रातीमा दाजुभाइ, माइतीहरूले चेलीबेटीलाई दिने चलन रहेको छ भने यही क्रममा लडाइको कला सिकाउने, धनुषवाण हान्ने चलन समेत रहेको संघले जनाएको छ । पत्रकार सम्मेलनमा मगर राष्ट्रिय गान सार्वजनिक गरिएको थियो ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend