काठमाडौँ – परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी पहिरो प्रभावित गर्भवती तथा सुत्केरीलाई ब्लांकेट वितरण गरेकी छिन् ।
राणा संस्थापक अध्यक्ष रहेको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले काभ्रेका बाढी पहिरो प्रभावित ६ स्थानीय तहका १ हजार ९० गर्भवती तथा सुत्केरीलाई ब्लांकेट वितरण गरिएको हो ।
पनौती नगरपालिकाका ३ सय १६, नमोबुद्ध नगरपालिकाका २ सय १७, बेथानचोक गाउँपालिकाका २ सय ३०, रोशीका १ सय ५३, भुम्लुका १ सय ३ र तेमालका ७१ गर्भवती तथा सुत्केरीलाई ब्लांकेट वितरण गरिएको सञ्जालकी लक्ष्मी खनालले जानकारी दिइन् ।
परराष्ट्र मन्त्री राणाले पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुनसाङ लामा, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारी, भुम्लु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदर्शन भट्टराईलाई ब्लांकेट हस्तान्तरण गरेकी हुन् । ब्लांकेट वितरण गर्दै परराष्ट्र मन्त्री राणाले प्रसव पीडाका कारण ज्यान गुमाउने अवस्थामा पुगेपछि सुरक्षित मातृत्वको अभियानमा लागेको बताइन् ।
‘सन्तानलाई जन्म दिने बेलामा म जुन प्रसव पीडाबाट गुज्रिएँ, मर्छु की बाँच्छु भन्ने अवस्थामा पुगेको थिएँ,’ उनले भनिन्, ‘म र मेरो सन्तान त बाँच्यौँ तर यही पीडा भएका अन्य महिला बच्न सक्लान् की नसक्लान् भनेर यो अभियानमा जोडिएको हुँ,’ गर्भवती र सुत्केरी विशिष्ट आवश्यकता रहेको तर्क गर्दै उनले भनिन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend