Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • काेराेना रिपाेर्ट नेगेटिभ नभए अमेरिका जान नपाइने


    शुक्रबार, पुष १० २०७७
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । बेलायतबाट हवाई मार्ग हुँदै अमेरिका प्रवेश गर्ने सबै यात्रीहरुको काेराेना भाइरस(कोभिड–१९) परीक्षण नेगेटिभ हुनुपर्ने शर्त अमेरिकाले अघि सारेको छ ।

    उक्त परीक्षण पीसीआर वा एन्टिजेन टेस्ट कुनै पनि एक माध्यमबाट गरिनुपर्ने र त्यो अनिवार्यतः नेगेटभि हुनुपर्ने जनाइएको छ ।

    अमेरिकाका सेन्टरर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले बेलायतबाट आउने यात्रुहरुले ७२ घण्टाभित्र कोरोना परीक्षण नेगेटिभ आउनुपर्ने प्रावधान तय गरेको छ । यो प्रावधान आगामी सोमबारदेखि लागू गरिँदैछ ।

    बेलायतमा अत्यन्तै संक्रामक प्रकृतिको कोरानाभाइरसको संक्रमण फैलिएपछि अमेरिकाले यो कदम चालेको हो । त्यसो त अमेरिकाले यो कदम चाल्नुअघि नै केही अमेरिकी एयरलाइन्सले बेलायतबाट आउने यात्रुहरुको कोभिड–१९ टेस्ट नेगेटिभ हुनुपर्ने शर्त लागू गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार