Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १४९.११ ग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट २ युवती पक्राउ


    बिहिबार, पुष २५ २०८१
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट सुनसहित दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

    भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको १४९.११ ग्राम सुनसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरूमा झापाको कनकाई नगरपालिका–११ घर भएकी ३६ वर्षीया पुष्पा माले र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–१ घर भएकी ३२ वर्षीया फुर्पा लामु तामाङ रहेका छन् ।

    नेपाल एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएकी उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय सिनामंगल पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार