काठमाडौँ – नेपाली काँग्रेस र नेकपा एमालेको दुई दलीय संयन्त्रको संयोजनको जिम्मा पुनः काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् ।
सरकारका काम प्रभावकारी बनाउन काँग्रेस र एमालेले गत कात्तिक १५ गते संयन्त्र बनाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित दुई दलीय संयन्त्रमा काँग्रेस र एमालेबाट चाररचार जना सदस्य छन् ।
संयन्त्रमा काँग्रेसका तर्फबाट उपसभापति खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्र मन्त्री आरजु राणा देउवा छन् । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् ।
संयन्त्रको पहिलो बैठक गत कात्तिक २१ गते बसेको थियो । उक्त बैठकले संयन्त्रको संयोजन दुई दलले पालैपालो एकरएक महिनाका दरले गर्ने निर्णय गरेको थियो । निर्णयअनुसार कात्तिक २१ देखि मंसिर २० गतेसम्म पहिलो महिनाको संयोजन काँग्रेस उपसभापति खड्काले गरेका थिए । मंसिर २१ देखि पुस २० गतेसम्म एमाले नेता ईश्वर पोखरेलले गरेका थिए ।
त्यसयता पुनः काँग्रेस उपसभापति खड्काले संयोजन गर्न थालेका छन् । खड्काले सिंहदरवारमा बुधबार संयन्त्रको बैठक राखेका थिए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend