Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रबि लामिछानेसहित ७ आरोपीलाई अदालत लगियो


    बिहिबार, पुष २५ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा – सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेका ७ जना आरोपीलाइ अदालत लगिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसहित ७ जना आरोपीलाई अदालत लगिएको हो ।

    उनीहरूको थुनछेक देखी जवाफी बहस सबै सकिएकाले सो मुद्दामा आजै आदेश आउने सम्भावना देखिए पछि सबै ७ आरोपीलाइ जिल्ला अदालत कास्की लगिएको हो ।

    कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी वयान हिजो साँझ सकिएको थियो ।

    रास्वपा सभापतिलामिछानेसहित गोर्खा मिडिया प्रालिमा सहकारीको पैसा लगेर हिनामिना गरेको लगायतको आरोपमा पूर्व डिआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङलगायत हिरासतमा रहेका छन । आज सरकारी वकिलले जवाफी बहस गरे पछि सम्भवतः आज नै आदेश आउने सम्भावना रहेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार