Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धार्मिक चाडपर्वले समाजलाई बलियो बनाएको छः मुख्यमन्त्री पौडेल


    शुक्रबार, पुष १० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले  देशभित्र मनाइने विभिन्न धार्मिक चाडपर्वले समाजलाई बलियो बनाएको बताएका छन् ।

    इसाई धर्मावलम्बीको चाड क्रिसमसका अवसरमा आज  शुभकामना सन्देश जारी गर्दै उनले अनेकताका बीच बलियो एकताको उदाहरणका रुपमा संसारभर नेपाल परिचित रहेका बताए ।  

    नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक राष्ट्र भएको सन्देशमा उल्लेख छ ।  “क्रिसमसले सबै नेपालीमा आपसी प्रेम, सहिष्णुता, भ्रातृत्व एवं राष्ट्रिय एकताको भावना बढाउने विश्वास गरेको छु ” मुख्यमन्त्री पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार