Nepal Face
  • आइतबार, १० साउन २०८३
  • औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोग जरुरी- मन्त्री भण्डारी


    बुधबार, पुष २४ २०८१
    775
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशको आर्थिक समृद्धिका लागि औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोगको आवश्यकता औँल्याएका छन ।

    मन्त्रालयद्वारा आयोजित उद्योग ४.० विषयक सरोकारवालासँगको अन्तरक्रियालाई सम्बोधन गर्दै उनले उद्योग ४.० लागु गरी कम लागतमा उत्पादन र उत्पादकत्व बढाउँदै नेपाली बस्तुहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउनु आवश्यक भएको बताएका छन ।

    ‘आधुनिक प्रविधिको उच्चतम प्रयोगले वातावरणको संरक्षण हुनुका साथै श्रम तथा लागत पनि न्यूनीकरण हुने भएकाले निजी क्षेत्रले यसमा जोड दिन जरुरी छ,’ उनले भने, ‘नेपाल कम विकसित मुलुकबाट विकसिततर्फ उन्मुख भइरहेको परिप्रेक्ष्यमा औद्योगिक क्षेत्रको तीव्र विकास जरुरी देखिन्छ । जसका लागि औद्योगिक विकासमा आधुनिक प्रविधिको उच्चतम प्रयोग आवश्यक छ ।’

    आधुनिक प्रविधिको उच्चतम प्रयोगबाट उत्पादन र उत्पादकत्व वृद्धि गरी छिमेकी देशहरूको बजार उपयोग गर्न सकेको खण्डमा छिट्टै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा हुने मन्त्री भण्डारीले विश्वास व्यक्त गरेका छन ।

    मन्त्रालयले व्यवसायीसमेतको सहभागितामा एक दिने उद्योग ४.० विषयक अन्तरक्रियाको आयोजना गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार