Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’ गर्न ८ मिटर मात्रै बाँकी


    बुधबार, पुष २४ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिन ८ मिटर मात्रै बाँकी रहेको छ। पुस २३ गतेसम्म एक हजार ८९ मिटर लामो सुरुङमार्गको १ हजार ८१ मिटर खनिसकेको हो।

    सिद्धबाबा सुरुङमार्ग योजनाका अनुसार उत्तर तर्फबाट ४७७ मिटर र दक्षिणबाट ६०४ मिटर खनिएको छ। सुरुङमार्गमा २ वटा बाइपास यसअघि नै ‘ब्रेक थ्रु’ भएका छन्।

    सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुने चरणमा पुगेपनि कंक्रिट लाइनिङ, उत्तर र दक्षिण तर्फ स्लोप निर्माणको काम धेरै नै बाँकी छ। आयोजनाका अनुसार कुल भौतिक प्रगति ३८.८५ प्रतिशत हुँदा वित्तिय तर्फ ३९.९० प्रतिशत भएको छ।

    सिद्धबाबा सुरुङमार्गका योजना प्रमुख कृष्णराज अधिकारीले अबको केही दिनभित्रै औपचारिक कार्यक्रमगरी ‘ब्रेक थ्रु’ गर्ने बताए। ‘हामीले नियमित काम गर्दा २ दिन भित्रै गर्न सक्छौं,’ योजना प्रमुख अधिकारीले भने, ‘भौतिक पूर्वधार मन्त्रालयसंग समन्वय भैरहेको छ। केही दिनभित्रै एक कार्यक्रमगरी ब्रेक थ्रु गछौं।’

    सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएपनि गाडी सञ्चालन हुनकोलागि अझै १ वर्ष लाग्ने अधिकारीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार