गोरखा – उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् । मनास्लु क्षेत्रमा सन् २०२४ मा १० हजार छ सय पाँच जना विदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)का संरक्षण अधिकृत एवं सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिए ।
अघिल्लो वर्ष सन् २०२३ को तुलनामा गएको वर्ष एक हजार चार सय २८ जना बढी विदेशी पर्यटक मनास्लु क्षेत्रको भ्रमणमा पुगेको उनले बताए । “अघिल्लो वर्ष नौ हजार एक सय ७७ विदेशी पर्यटक मनास्लु क्षेत्र घुम्न पुगेका थिए, उनले भने “गत वर्ष अहिलेसम्मकै सबैभन्दा विदेशी पर्यटकले मनास्लुको भ्रमण गरेका छन् ।”
मनास्लु क्षेत्र घुम्न पुग्ने पर्यटकमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० राष्ट्रका भन्दा तेस्रो मुलुकका विदेशी पर्यटकको सङ्ख्या बढी रहेको उनको भनाइ छ । सन् २०२४ मा सबैभन्दा धेरै फ्रान्सबाट एक हजार तीन सय ३५ जना विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको पाइएको छ ।
“गत वर्ष मनास्लु भ्रमण गर्ने विदेश पर्यटकमध्ये एक हजार एक सय ८१ जना जर्मनी नागरिक, सात सय ९६ जना अमेरिकी नागरिक रहेको कार्यालयको तथ्यांक छ, सार्क राष्ट्रमध्ये भारतबाट सबैभन्दा धेरै एक सय ५९ जना पर्यटकले मनास्लु पदयात्रा गरेका छन्”, अधिकृत ओझाले भने ।
त्यस्तै नेदरल्याण्ड्स, जर्मनी, बेलायत, अष्ट्रेलिया, स्पेन, चीनलगायत देशबाट विदेशी पर्यटक मनास्लु क्षेत्र घुम्न पुग्ने गरेको उनको भनाइ छ । मनास्लु पदमार्गमा घुम्न जाने पर्यटकले नुब्री भ्यालीतर्फ कुल्छुमन ९काल० ताल, विश्वको आठौँ अग्लो मनस्लु हिमाल, वीरेन्द्र तालको अवलोकन गर्दै लार्के पास गरेर मनाङ पुग्न सक्ने छन् ।
त्यस्तै चुमभ्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित श्रृगी हिमाल, राजेन गुम्बालगायत गुम्बाको अवलोकन गर्न पाउनेछन् । मनास्लु क्षेत्रमा प्राकृतिक सौन्दर्यतासँगै पर्यटकले हिमचिुतवा, नाउर, घोरल, डाँफे, मुनाल, चौँरी सामिप्यतामा समेत रमाउने अवसर पाउने गर्दछन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend