काठमाडौं । भक्तपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
आज बिहान अरनिको राजमार्ग अन्तर्गत जगातीबाट सुर्यविनायकका लागि छुटेकाे ना ६ ख ३९८२ नम्बरको भैसी बोकेको ट्रक दुर्घटनामा परेकाे हाे ।
दुर्घटनामा पर्सा वीरगंज महानगरपालिका वडा नम्बर १२ बस्ने ३० वर्षीय कैमोदिन अन्सारी ट्रकको ढोकामा च्यापिए मृत्यु भएको प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार सुर्यविनायक नगरपालिका वडा नम्बर ८ आदर्श महेश्वरी पेट्रोलपम्प पुल नजिक अरनिको राजमार्गमा ट्रक दुर्घटनामा परेकाे थियो।
ट्रकमा रहेका ११ वटा भैसीहरु सामान्य घाईते भएका छन्। मृतक अन्सारीको शरीरलाई पोष्टामार्टमका लागी केएमसी अस्पताल दुवाकोट पठाएको प्रहरीले जानकारी दिएको छ।