Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सुनको भाउ ५ सयले बढ्यो, तोलाको कति पुग्यो ?


    बुधबार, पुष २४ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली बजारमा आज(बुधबार) सुनको भाउ बढेको छ । अघिल्ला दुई दिनसम्म मूल्य स्थिर रहेको सुनको भाउ बुधबार ५ सय रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले मूल्य बढेसँगै आज तोलाको १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि सुनको भाउ १ लाख ५२ हजारमा कारोबार भएको थियो ।

    यसैगरी आज चाँदीको भाउ भने बुधबार स्थिर रहेको छ । आज चाँदी प्रतितोला १८ सय ३० रुपैयाँमा कारोबार भइरहेको माहासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार