Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • उकालाे यात्रामा सुनको मूल्य


    शुक्रबार, पुष १० २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन मूल्य आज प्रतितोला १ सय रुपैंयाँले बढेको हो ।

    आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार ९ सयले बढेको थियो । यस्तै मंगलबार ३ सयले घटेको थियो भने बुधबार ९ सयले घटेको थियो । विहिबार १ सयले बढेको सुन आज पनि १ सयले नै बढेको छ ।

    गत हप्ता आइतबार स्थिर रहेको सुन सोमबार प्रतितोला १ सय रुपैंयाँले घटेको थियो । मंगलबार पनि सुन प्रतितोला १ सय रुपैंयाँले नै घटेको थियो । बुधबार सुन ८ सयले बढेको थियो । विहिबार ४ सयले बढेको थियो । शुक्रबार ८ सयले बढेको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार २ सय र तेजाबी सुनको मूल्य ९३ हजार ७०० कायम रहेको छ ।

    चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी आज प्रतितोला १ हजार २८० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार