Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेमाथि जति घेराबन्दी गरे पनि त्यसकाविरुद्ध जुध्नेछौँ र जित्नेछौँ- ओली


    मंगलबार, पुष २३ २०८१
    955
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि जति प्रहार गरे पनि दृढताका साथ दरो भएर सत्यको पक्षमा उभिने बताएका छन् ।

    केन्द्रीय कमिटीको बैठकमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिँदै सुखी नेपाली समृद्ध नेपाल राष्ट्र निर्माणको पक्षमा अगाडि बढिरहेको बताए ।

    उनले भने, ‘हामी विश्व शान्तिको पक्षमा सधैँ उभिन्छौँ । हामीमाथि जति नै प्रहार गरे पनि दृढताका साथ दरो भएर सत्यको पक्षमा हामी उभिन्छौँ । हामीमाथि आन्तरिक र बाह्य चौतर्फी हमला छ तर हामी निरन्तर अगाडि बढिनै रहने छौँ ।’

    एमालेको महान् कार्यको रिस डाह गर्नेहरू अनेक लाञ्छना लगाएर पार्टीलाई कमजोर बनाउने प्रयास गरिरहेको उनले बताए । उनले भने, ‘हरेक अपराधी कुरा गरेर जनतालाई भ्रममा पारेर एमालेलाई आक्रमण गर्ने काम भएको छ यी सबै षड्यन्त्र र आक्रमणका विरुद्ध सबै पार्टी पंक्ति एक ढिक्का भएर लड्ने छौँ ।’

    राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, लोकतन्त्र मुलुकको विकास र समृद्धि एमालेको पहिलो प्राथमिकता भएको बताए । उनले थपे, ‘देश र जनताको निम्ति जति नै घेराबन्दी गरे पनि जति नै हामीमाथि षड्यन्त्र भए पनि हामी त्यसकाविरुद्ध जुध्नेछौँ र जित्नेछौँ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार