Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तिब्बत भूकम्प : राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त


    मंगलबार, पुष २३ २०८१
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतमा आज बिहान भएको भूकम्पबाट अमूल्य जीवन र सम्पत्ति क्षति भएकामा गहिरो दुःख व्यक्त गरेका छन् ।

    राष्ट्रपतिले सामाजिक सञ्जाल एक्समार्फत भूकम्पमा ज्यान गुमाएकाहरूका परिवारजनमा हार्दिक समवेदना एवं सहानुभूति प्रकट गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै उनले गहिरो शोकको यो घडीमा नेपाल सरकार चीन सरकार र त्यहाँका जनताका साथमा रहेको उल्लेख गरेका छन् ।

    आज(मंगलबार) बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको दिंगे केन्द्रबिन्दु भएर ७ दशमलव १ रेक्टरस्केलको भुकम्प गएको थियो । भुकम्पबाट चीनका विभिन्न स्थानमा घर, सार्वजनिक भौतिक संरचनामा क्षती हुनुका साथै ९५ जनाको मृत्यु भएको छ । भुकम्पमा परि सयौं घाइते भएको चिनिया सञ्चार माध्यमले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार