Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पदाधिकारीको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन जनार्दन शर्माको प्रस्ताव


    मंगलबार, पुष २३ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीका पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न प्रस्ताव गरेका छन् ।

    काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा उनले यस्तो प्रस्ताव राखेका हुन् । बैठकमा मंगलबार आफ्नो धारणा राख्दै उनले त्यसो गरेमा पार्टी नेतृत्व र पार्टी दुवैको साख बढ्ने बताए। उनले अध्यक्षलाई हटाउन नभई बहस सिर्जना होस् भनेर गत बैठकमा आफूले धारणा राखेको बताए ।

    उनले पार्टी निर्माणको लागि माओवादी धारसँग एकता गरेर अघि बढ्नुपर्नेमा समेत जोड दिए ।

    बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले फागुन १ भित्र सबै केन्द्रीय सदस्यले सम्पत्ति विवरण र आर्यआर्जनको स्रोत खुलाउनुपर्ने प्रस्ताव गरेका छन्। पुस २१ गतेदेखि जारी बैठक आजै सक्ने माओवादीको तयारी छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार