Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री अनुपस्थित


    मंगलबार, पुष २३ २०८१
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति बैठकमा सञ्चालक समितिका अध्यक्ष ऊर्जामन्त्री दीपक खड्का अनुपस्थित भएका छन् ।

    प्राधिकरणको वित्तीय विवरण पारित गर्न मङ्गलबार बसेको बैठकमा मन्त्री खडकासँगै ऊर्जासचिव सुरेश आचार्य र राजस्व सचिव दिनेशकुमार घिमिरे पनि उपस्थित नभएपछि औपचारिक निर्णय हुन सकेन ।

    ८ सदस्यीय प्राधिकरण सञ्चालक समिति बैठकमा मंगलबार चार जना मात्रै उपस्थित थिए । औपचारिकता नपाए पनि पुसभित्र प्राधिकरणको वित्तीय विवरण पारित गरेर महालेखा परीक्षकको कार्यालयमा पठाउनुपर्ने र कर तिरिसक्नु पर्ने भएकाले बैठक बसेको प्राधिकरण स्रोतले बताएको छ ।

    ऊर्जामन्त्री खड्का र ऊर्जा सचिवको हस्ताक्षरका लागि माइन्युट मन्त्रालयमै पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार