Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति


    मंगलबार, पुष २३ २०८१
    855
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सोलुखुम्बु – भूकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ ।

    खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले जानकारी दिइन् । ढुङ्गाबाट बनेको उक्त एकतले भवनमा दुई कर्मचारी बस्दै आएका थिए ।

    प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार भूकम्पका कारण जिल्लाको देउसा, खरिखोला र खुम्बुको थामेमा एकरएक घरमा क्षति पुगेको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले प्रभावित क्षेत्रको अनुगमन तथा क्षतिको विवरण संकलन कार्य अघि बढाएको छ ।

    आज बिहान ६ बजेर ५० मिनेटमा चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार