Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वाइडबडी अनियमितताबारे संसदीय छानबिन समिति बनाउन रास्वपाको माग


    मंगलबार, पुष २३ २०८१
    850
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वाइडबडी जहाजमा भएको भनिएको अनियमितताबारे संसदीय छानबिन समिति बनाउन माग गरेको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै रास्वपा सांसद शिशिर खनालले यस्तो माग गरेका हुन् ।

    ‘वाइडबडीको भ्रष्टाचारको विषय फेरि उठेको छ । नेपाली मुलका बेलायती नागरिकले अमेरिकामा ३३ करोड नेपाली पदाधिकारीलाई दिएको स्वीकार गरेका छन्’ उनले भने, ‘यता नेपालमा अख्तियारले मुद्दा दायर गरेको र विशेष अदालतले फैसला दिइसकेको तर अदालतले अख्तियारको पदाधिकारी तथा छानबिनमाथि नै प्रश्न उठाएको छ ।’ उक्त विषय स्मरण गराउँदै सांसद खनालले संसदीय समितिले छानबिन समिति बनाएर स्वतन्त्र रूपमा हेर्नुपर्ने माग गरे ।

    ‘जुन निकायले छानबिन गर्नुपर्ने हो त्यसमाथि विशेष अदालतले प्रश्न उठाएकाले स्वतन्त्र छानबिनमा प्रश्न उठ्यो’ उनले भने, ‘त्यसैले एउटा छानबिन समिति बनाऔं । पछिल्लो समय उठेका विषय नजिकबाट हेरौं ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार