Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • हल सञ्चालकलाई सीडीओ कार्यालयले बोलायो


    शुक्रबार, पुष १० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । शुक्रबारबाट सिनेमा हल सञ्चालनमा ल्याउने भएपछि सीसीएमसीले सिनेमा हल सञ्चालकलाई बोलाएर छलफल गरेको थियो ।

    आज (शुक्रबार) चलचित्र हलहरुको संस्था नेपाल चलचित्र संघलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले बोलाएको छ । विहान साढे ११ बजे छलफलका लागि जिल्ला प्रशासन कार्यालयले बोलाएको हो ।

    “आज छलफलका लागि सीडीओ कार्यालयले बोलाएको छ । हामी साढे ११ बजे छलफलका लागि जाँदैछौं,” चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानले भने, “सीसीएमसीमा पनि हिजो छलफल भएको थियो ।”

    छलफल सकारात्मक हुने अपेक्षा संघको रहेको प्रधानले बताए । आफूहरु अगाडि बढिसकेको भन्दै पछि नहट्ने उनको भनाइ छ ।

    “हामीले हल खोल्ने निर्णय गरिसक्यौं । आजबाट हल खुलिसके । अब पछि हट्ने कुरै छैन । मल्टिप्लेक्सले अनलाइन टिकट बिक्री सकेका छन्,” उनी भन्छन्, “स्वास्थ्य सुरक्षा मापदण्ड भित्र रहेर सुरक्षित भएर हल खोल्ने हो । डराउनु पर्ने अवस्था छैन ।”

    चैत ७ गते बन्द भएका सिनेमा हल नौ महिना पछि आजबाट सञ्चालनमा आएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार