Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोशीका चार जिल्लामा भूकम्पको प्रभाव, ओखलढुंगाका २ सहित ५ घरमा क्षति


    मंगलबार, पुष २३ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – आज (मंगलबार) बिहान चीनको तिब्बत केन्द्रबिन्दु भएर गएको भुईँचालोले कोशी प्रदेशका चार जिल्ला प्रभावित भएका छन् ।

    डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७.१ म्याग्निच्युडको भूकम्पको धक्काले कोशी प्रदेशका ओखलढुंगामा २ घर, सोलुखुम्बु १, सङ्खुवासभा १ र ताप्लेजुङका १ घरमा आंशिक तथा पूर्ण क्षति पुगेको छ ।

    कोसी प्रदेश प्रहरी कार्यालयका अनुसार ओखलढुंगामा क्षतिग्रस्त दुई घरमध्ये चिसंखुगढी गाउँपालिका ५ सिरिसेका इन्द्रबहादुर परियारको घर पूर्ण क्षति भएको छ । सिद्धिचरण नगरपालिका २ चुहानछापका हिमाल कार्कीको घर सामान्य क्षति भएको छ ।

    त्यस्तै ताप्लेजुङको इलाका प्रहरी कार्यालय दोभानको कार्यालय प्रमुख निवास, कार्यालय र मेस भवनमा क्षति पुगेको छ ।

    सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका ७ लुरुवाका हर्कबहादुर खत्री र खुम्बु पासाङ ल्यामु गाउँपालिका ५ हेलाजुङका आङ ङिमा शेर्पाको घरमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।

    सङ्खुवासभाको भोट खोला गाउँपालिका १ किमाथांकाका तेन्छेदी शेर्पाको घरमा पनि सामान्य क्षति भएको छ । क्षतिबारे बुझ्ने क्रम जारी रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार