Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बार एसोसिएसनका अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन सर्वोच्चको आदेश


    मंगलबार, पुष २३ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा उनको विवादित वक्तव्यको श्रव्यदृश्य सामग्री झिकाउने आदेश दिएको छ ।

    आज (मंगलबार) न्यायाधीशद्वय नहकुल सुवेदी र अव्दुल अजिज मुसलमानको इजलासले प्रमाणका रूपमा अडिओ–भिडिओ हेर्ने भन्दै उक्त आदेश गरेको हो ।

    सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले उठाएको प्रतिवेदनका आधारमा बार अध्यक्ष घिमिरेविरुद्ध असोज १४ गते अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।

    वरिष्ठ अधिवक्तासमेत रहेका बार अध्यक्ष घिमिरेले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिसमा प्रधानन्यायाधीशले ‘लेनदेन’ गरेको आरोप लगाएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार