काठमाडौँ – पूर्वसभामुख माओवादी नेत्री ओनसरी घर्तीले विशेष महाधिवेशनको माग गरेकी छन् । काठमाडौँको धुम्बाराहीस्थित स्मार्टदरबार बैंक्वेटमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा धारणा राख्दै नेत्री घर्तीले विशेष महाधिवेशनबाट नयाँ विचारसहित पार्टी अघि बढ्नुपर्ने बताएकी हुन् ।
पार्टीभित्र विचारको बहसको मोर्चा खोल्नुपर्ने बताएकी उनले पार्टीको भावी नेतृत्वको सवालमा पनि त्यही बहस र छलफलले अल गर्ने धारणा राखिन् ।
‘अब घिसेपिटे कार्यशैलीबाट परिवर्तन सम्भव छैन । त्यसैले पार्टीभित्र महान् बहसको मोर्चा खोल्नैपर्दछ,’ उनको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘त्यसका लागि विशेष महाधिवेशनमा जाऔँ र महान् बहसमा जुटौँ ।’
विशेष महाधिवेशनको माग गरेकी घर्तीले वर्तमान केन्द्रीय समितिलाई आयोजक समितिमा बदल्न पनि माग गरिन् । पार्टीको जिम्मेवारीमा रहेका अधिकांशमा विचलन र स्खलन आएको भन्दै उनले त्यो कसैमा बढी र कसैमा कम देखा परेको जिकिर गरिन् ।
अध्यक्ष ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनले हलचल ल्याउने बताउँदै उनले उत्पीडित वर्गको दृष्टिकोणबाट प्रतिवेदन सही भएको धारणा व्यक्त गरेको ती केन्द्रीय सदस्यले जानकारी दिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend