काठमाडौँ – राज्यव्यवस्था समितिको आजको बैठकमा सभापति रामहरि खतिवडा र सदस्य हृदयराम थानीबीच चर्काचर्की परेको छ । आफू बोलिरहेको बेला बीचमै कुरा काटेको भन्दै थानी झर्किएपछि केही बेर अवस्था असामान्य बनेको थियो ।
त्यसक्रममा थानीले भने, ‘तपाईँ नै माननीय, तपाईँ नै राज्यव्यवस्था समिति, तपाईँ नै बोल्नुस्।’ बैठकमा थानीले विभिन्न ठूला काण्डका उजुरीमाथि छानबिन गरेर राज्यव्यवस्था समितिले आँट गरेको भन्दै आफ्ना भनाइ सुरु गरेका थिए । तर ती उजुरीमाथि छलफल गर्न अरु विधेयकहरू अलपत्र परेको गुनासो पनि उनले गरे ।
‘अख्तियारको उजुरी पनि यहीँ, विद्युत् प्राधिकरणको उजुरी पनि यहीँ, गृहको उजुरी पनि यहीँ, सारा संसारभरीको उजुरी राखेर सक्छ त राज्य व्यवस्था समितिले रु’ प्रश्न गर्दै थानीले भने, ‘विधेयक अड्किएर बसिरहेका छन् यहाँ । अँस्ती न्यायपरिषदको विधेयक पास गर्यौँ, संसदमा गएर सुतेर बसेको छ । भ्रष्टाचारको पास गर्यौँ त्यो पनि जाँदै होला । अख्तियारको यहीँ, म त आइसियुमा भन्ने गरेको छु, राज्य व्यवस्थामा यहीँ आइसियुमा सुतिराख्या छ । अरु विधेयकहरू यहीँ छरिएर बसिराख्या छन् ।’
थानीले बोल्दा समिति सभापति रामहरि खतिवडाले ‘धेरै भएको छैन, समितिले लान्छ’ भने ।
त्यसपछि थानी झर्किए । ‘सभापति जी कति बोल्नु हुन्छ ? म पनि सभापति भएर बस्या मान्छे । तपाईँ नै बोल्नुस् त्यसोभए । ल तपाईँ बोलिरहनुस्, म बोल्दिनँ ।’
रामहरिले उनलाई रोक्न खोजे । तर थानी रोकिएनन् । उनले थपे, ‘तपाईँ नै माननीय, तपाईँ नै राज्यव्यवस्था समिति, तपाईँ नै बोल्नुस् । कुरा काट्नु भाछ, कुरा काट्नुभाछ‘।’
रामहरिले फेरि भने, ‘हैन समितिमा लगिसकेको छ‘।’
थानी झन् चर्किए, ‘तपाईँलाई अधिकार छ रु सबै अधिकार तपाईँलाई छ ? जे पायो त्यही बोल्ने, कुरा काट्ने छ ?’
रामहरि भन्छन्, काटेको होइन । आइसियुमा छ भन्नु हुन्छ । लाने हो, सहमतिमै लाने हो ।
तर थामीले अब नबोल्ने अडान राख्छन्, ‘म बोल्दिनँ भनेपछि अब बोल्दिनँ । भैगो बोल्नुस्, तपाईँ । जति बोल्नुहुन्छ, बोल्नुस् । तपाईँ नै हुनुहुन्छ सभापति । तपाईँले सबै जान्नुभएछ, तपाईँ नै बोल्नुस्, म बोल्दिनँ ।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend