Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद विघटनकाे सन्दर्भमा भारतले खाेल्याे मुख


    शुक्रबार, पुष १० २०७७
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेकाे सन्दर्भमा छिमेकी देश भारतले मुख खाेलेकाे छ। 

    भारतले नेपालको पछिल्लो राजनीतिक विकासक्रम नेपालको आन्तरिक मामिला भएको टिप्पणी गर्दै भारतले यसलाई नोट गरेको उल्लेख गरेको छ ।

    संसद विघटन भएकाे चार दिनपछि भारतले यसलाई ‘नेपालले लोकतान्त्रिक प्रक्रियाअनुसार निर्णय लिने आन्तरिक मामिला’ भनेको छ ।

    बिहीबार दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका छन्, ‘हामीले नेपालमा पछिल्लो राजनीतिक विकासक्रमलाई नोट गरेका छौँ । यी भनेका नेपालले लोकतान्त्रिक प्रक्रियाअनुसार निर्णय लिने आन्तरिक मामिला हुन् । एउटा शुभचिन्तक र छिमेकीका रूपमा भारतले नेपाल र नेपालका जनतालाई विकास, समुन्नति तथा शान्तिको मार्गमा अगाडि बढ्न निरन्तर सहयोग गर्नेछ ।’

    भारतले पहिलोपटक यस सम्बन्धमा धारणा सार्वजनिक गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार