Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ


    सोमबार, पुष २२ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – प्रहरीले ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई पक्राउ गरेको छ । सिंहदरबार दक्षिणी गेटमा धर्ना बस्ने क्रममा आज(सोमबार) उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    नेपालले निषेधित क्षेत्र तोड्न लागेकोले नियन्त्रणमा लिइएको काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार वर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर उनले अभियान सञ्चालान गर्दै आइरहेका छन् ।

    नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू सोमबार १२ बजेदेखि ४ बजेसम्म सिंहरदरबारको दक्षिणी ढोकामा धर्नामा बस्ने जानकारी गराएका थिए ।

    उनले फेसबुकमा लेखेका छन्, ‘लिपुलेकको नेपाली सार्वभौमसत्तामाथि इन्डियाली ज्यादती देखेर पनि केही नभएजस्तो गर्ने र चीन र इन्डियाले लिपुलेक प्रयोग गर्ने सहमति गर्दा त्यो चीन र इन्डियाबीचको प्राविधिक कुरा हो भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने सरकारको विरोध नगर्ने हो भने सरकार झन्झ-न् मौन रहनेछ, इन्डियाको दास बन्दै जानेछ र नेपाली भूमिको रक्षा गर्न थप असमर्थ हुनेछ । त्यसैले सरकारलाई राष्ट्रियताका पक्षमा बोल्न बाध्य पार्न पनि नागरिक तहबाट सरकारको विरोध नगरी हुँदैन । यही प्रयोजनका निम्ति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा आज मध्यान्ह १२:०० बजेदेखि ४:०० बजेसम्म सिंहदरबारको दक्षिणी ढोकामा धर्नामा बस्दै छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार