Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीलाई टार्गेट गरी प्रचण्डले भने- नेपाल बन्द पनि हुन सक्छ


    शुक्रबार, पुष १० २०७७
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’ले संसद पुनःस्थापना नभए नेपाल बन्द गर्ने बताएका छन् ।

    आफु पक्षिय केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै उनले संसद पुनःस्थापना गरेर आफु प्रधानमन्त्री नभएसम्म आन्दोलन जारी राख्ने बताएका हुन् ।

    संसद पुनर्स्थापनाका लागि कडा संघर्ष गर्ने र नेपाल बन्दसम्म पनि हुनसक्ने भन्दै उनले भने ‘आन्दोलनमा नेपाल बन्दसम्म पनि हुनसक्छ । कडा नै हुन्छ । साहस गरौं।’

    प्रचण्डले थप्दै भने, ‘दिमागमा कुनै बोझ छ भने हटाइदिनु । आन्दोलन गर्ने हो । आफ्नो प्रदेशमा अब कयौं गुणा बढी सक्रिय र त्याग गर्नुपर्नेछ ।’

    आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीबाट साढे दुई वर्षसम्म अपमान सहेको समेत उल्लेख गरे । यद्यपी के गरेर अपमान गरे भनेर उनले खुलाएनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार