Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले केन्द्रीय समिति बैठक जारी, केन्द्रिय सदस्यले ३-३ मिनेट धारणा राख्ने


    सोमबार, पुष २२ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज दोस्रो दिन पनि जारी छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखिरहेका छन् ।

    सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बिच पार्टीलाई कसरी अघि बढाउने बिषयमा केन्द्रिय सदस्यले आ-आफनो धारणा राख्नेछन् । उनीहरूका लागि ३/३ मिनेटको समय छुटाइएको छ ।

    आइतबारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक र महासचिव शंकर पोखरेलले पेस गरेको सांगठनिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखिरहेका हुन् ।

    प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राखेका थिए । बाँकीले आज धारणा राखेपछि निष्कर्ष प्रस्तुत गरिने एमाले नेताहरुले बताएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार