Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी केन्द्रीय समिति बैठक पुस २४ सम्म लम्बिने


    सोमबार, पुष २२ २०८१
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २४ सम्म सञ्चालन हुने भएको छ । गत आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सबै केन्द्रीय सदस्यले धारणा राख्ने भए पछि पुस २४ सम्म सञ्चालन हुने भएको हो ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो(आइतबार) पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रत्येक सदस्यलाइ तीन–तीन मिनेटको समय निर्धारण गरिएकाले पनि समय नपुग्ने भन्दै पुस २४ सम्म लम्बाइएको हो ।

    आजको बैठक बिहान ११ बजेदेखि धुम्बाराहीस्थित स्मार्ट दरबार ब्याङ्क्वेटमा बस्दैछ । बैठकमा प्रचण्डले ३० पृष्ठ लामो प्रतिवेदन पेस गरेका छन, जहाँ आज र भोलि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन भने पुस २४ गते अध्यक्ष प्रचण्डलगायतका पदाधिकारीले जवाफ दिए पछि सम्पन्न हुने गरी कार्यतालिका निर्धारण गरिने भएको छ ।

    त्यसका लागि अहिले स्थायी कमिटीको बैठक चलिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार