Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजस्व छली गर्ने ३ फर्मविरुद्ध मुद्दा


    शुक्रबार, पुष १० २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राजस्व अनुसन्धान विभागले ३ फर्मविरुद्ध राजस्व चुहावटको मुद्दा दायर गरेको छ। विभागले मूल्य अभिवृद्धि करको झुटा तथा नक्कली बिजक प्रयोग गरी तथा सामानको गलत विवरण घोषणा गरी राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको हाे ।

    विभागले ललितपुर महानगरपालिका वडा नम्बर २ सानेपामा रहेको कविला सप्लायर्स सेन्टरका प्रोप्राईटर नवलकिशोर चौधरीविरुद्ध २ करोड १४ लाख रूपैयाँको मुद्दा दायर गरेको छ।

    यसैगरी शिवम प्याकेजिङ एण्ड सप्लायर्सका प्रोप्राइटर सितादेवी जयसवाल विरुद्ध पनि ५ करोड ८८ लाख रूपैयाँको मुद्दा दायर गरिएको विभागले जनाएको छ।

    कागेश्वरी मनोहरा नगरपालिका काठमाडौं जय श्री गौतम सप्लायर्सका सञ्चालक मुकेशप्रसाद चौधरीविरुद्ध ५ करोड ३२ लाख रूपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ।

    विभागले पोखरा-२२ स्थित अनुस्का मल्टिप्रपोज कम्पनीका सञ्चालक शिवलाल तिमल्सिनासहित ३ जनाबाट १ करोड ८२ लाख रूपैयाँ बिगो माग गर्दै मुद्दा पनि दायर गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार