Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद विघटनविरूद्ध काठमाडौंमा राँके जुलुस, प्रहरीद्वारा लाठी चार्ज


    शुक्रबार, पुष १० २०७७
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका विद्यार्थी नेता, कार्यकर्ताहरुले काठमाडौंमा राँके जुलुसमा निकालेका छन् । संसद विघटनको विरोधमा विद्यार्थीहरूले राँके जुलुसमा निकालेका हुन् ।

    प्रहरीले जुलुसलाई तितरवितर पार्न खोजेपछि प्रदर्शनकारीले ढुंगा हानेका थिए । झडपको सुरुवात भने प्रहरीले राँको खोस्न थालेपछि भएको जुलुसमा सहभागी एक नेताले बताए । त्यसक्रममा प्रहरीले लाठीचार्जसमेत गरेको छ ।

    बिहीबार साँझ बानेश्वरबाट विजुली बजार हुँदै माइतीघरसम्म निकालिएको जुलुसलाई प्रहरीले तितरवितर पार्न खोजेपछि ढुंगा हानाहानसमेत भएको थियो ।

    काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले रातको समस्या राँके जुलुस निकाल्दा अन्यत्र सल्किएर आगलागी हुनसक्ने भएकाले नियन्त्रणमा लिइएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार