Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सूर्यदर्शन सहकारी ठगी: रवि लामिछाने छुटाउन आज सोविता गौतम लगायतले बहस गर्ने


    सोमबार, पुष २२ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज प्रतिवादी रास्वपा सभापति रवि लामिछानेका वकिलले बहस गर्ने भएका छन् ।

    कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा जारी थुनछेक बहसमा लामिछानेका तर्फबाट आज वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, रमण श्रेष्ठ र रास्वपा नेतृसमेत रहेकी अधिवक्ता सोविता गौतम लगायतले बहस गर्दैछन् ।

    सात प्रतिवादीविरुद्ध जारी थुनछेक बहसमा यसअघि आइतबारसम्म गोरखा मिडिया नेटवर्कका पूर्वसञ्चालक पूर्व डीआईजी छविलाल जोशी तथा लीला पछाईका तर्फबाट बहस भएको छ ।

    लामिछानेपछि रामबहादुर खनाल, मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङका कानून व्यवसायीको बहस हुनेछ । प्रतिवादीका तर्फबाट बहस सकिएपछि सरकारी वकिलबाट जवाफी बहस हुनेछ । त्यसपछि मात्रै न्यायधीशले प्रतिवादीहरूलाई साधारण तारेख वा धरौटीमा छाड्ने अथवा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार