Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रेमिकाकाे अश्लिल भिडियो पोर्न साइटमा राख्ने प्रेमी पक्राउ


    शुक्रबार, पुष १० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रेमिकाको नग्न तस्वीर, भिडियो विभिन्न पोर्न साइटमा अपलोड गरि ब्ल्याकमेल गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

    मकवानपुर जिल्ला घर भएकी थाइल्याण्ड बस्दै आएकी परिवर्तित नाम पारिजात गरेकी युवतीलाई हेटौडा उपमहानगरपालिका ४ बस्ने आस्लम अन्सारीले नग्न तस्वीर भिडियो पोर्न साइटमा अपलोड गरि एक हजार ९८ डलर ब्ल्याकमेलिङ गरेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका अन्सारीले ती युवतीको भिडियो र तस्विर इन्टरनेटको प्रयोग गरि पोर्न साइटमा अपलोड गरिदिएका थिए ।

    भिडियो पोर्न साइटबाट हटाउनका लागि भने १ हजार ९८ डलर माग गर्ने गरेको प्रहरीले जनाएको छ । उनलाई हेटौडाबाट साइबर ब्युरोले पक्राउ गरेको हो । प्रहरीका अनुसार ती युवतीसँग अन्सारीले प्रेमको नाटक गरेर थाइल्याण्डसम्म पुगेका थिए ।

    तर, पक्राउ परेका अन्सारी विवाहित रहेको थाहा पाएपछि युवती सम्पर्कबाट टाढिएकी थिइन् । युवती टाढिएपछि नै अभियुक्त अन्सारीले ब्ल्याकमेलिङ गर्न थालेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार