Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रास्वपाको प्रस्तावनामा स्वर्णिमको व्याख्या- कानुन सत्तापक्षीय होइन, जनपक्षीय हुनुपर्दछ (पूर्णपाठ)


    आइतबार, पुष २१ २०८१
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले रास्वपाले लोकतन्त्रका दुई पाटालाई उन्नत अभ्यासमा उतार्न चाहेको बताएका छन् ।

    जारी केन्द्रीय समिति बैठकमा उपसभापति वाग्लेले अघिल्लो मंसिरमा जलेश्वरमा पारित भएको प्रस्तावनालाई व्याख्या गर्दै कानुन सत्ता पक्षीय हुन नहुने र जनपक्षीय बन्नुपर्ने बताएका छन् ।

    जवाफदेही शासन प्रणालीमा पारदर्शी खुला सरकार, बलियो संयन्त्र, स्वतन्त्र सञ्चार जगत, न्यायपालिका, नागरिक समाज हुनुपर्ने वाग्लेले बताए ।

    नेपालका लागि जनसांख्यिक लाभ लिने अवसर १० देखि १५ वर्ष रहेको वाग्लेले बताएका छन् । ‘अनुकूल युवा केन्द्रित जनसांख्यिक लाभांशको जगमा अर्को १०–१५ वर्षभित्र ठूलो आर्थिक फड्को मार्न सकिएन भने नेपालको स्थायी परिचय एसियाकै गरिब मध्येको मुलुक हुने जोखिम छ,’ प्रस्तावनाको व्याख्यामा वाग्लेले भनेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार