Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोरङ कारागारमा एकजना कैदीको मृत्यु


    आइतबार, पुष २१ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – मोरङ कारागारमा सजाय काटिरहेका एक कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलबारी नगरपालिका- ४ का ६७ वर्षीय अम्मरबहादुर राई छन्।

    शनिबार स्वास्थ्यमा खराबी आएपछि कारागारबाट कोशी प्रदेश अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जेलर गौरव ढुंगेलले जानकारी दिए।

    ढुंगेलका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि राईलाई दिउँसो २ बजे अस्पातल लगिएको थियो। दिउँसो ३स्५० बजे चिकित्सकले मृत घोषणा गरिदिएको थियो। ‘उहाँलाई २०७९ देखि नै श्वासप्रश्वासमा समस्या भएर कारागारले उपचार गर्दै आएको थियो,’ जेलर ढुंगेलले भने, ‘शनिबार पनि हतारहतार अस्पताल लग्यौं। तर बचाउन सकेनौं।’

    राई हाडनाता करणी मुद्दामा २०७३ जेठदेखि १४ वर्षको सजाय काटिरहेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार