Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संविधान परिमार्जनमा सुझाव दिन रास्वपाले बनायो कार्यदल


    आइतबार, पुष २१ २०८१
    690
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ ।

    शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै कार्यदल गठन गर्ने निर्णय गरेको छ । पार्टीको जारी दोस्रो दिनको केन्द्रीय समिति बैठकले कार्यदल गठन गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

    कार्यदलले सातै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधान विद्‍सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धाराणा बनाउने छ,’ झाले भने । कार्यदलमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोविता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले सदस्य छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार