Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वेन्द्र खनालप्रति गोकुलको कटाक्ष- खाएको थालमा चुठ्नु राम्रो होइन


    आइतबार, पुष २१ २०८१
    770
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – नेकपा एमाले नेता गोकुल बास्कोटाले एमाले छाड्नेहरुप्रति लक्षित गर्दै ‘खाएको थालमा चुठ्नु राम्रो नहुने’ टिप्पणी गरेका छन् । आइतबार बिहान पूर्वआइजीपी सर्वेन्द्र खनालले एमाले छाडेको स्टाटस फेसबुकमा लेखेपछि पूर्वमन्त्रीसमेत रहेका बास्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।

    नेता बास्कोटाले आजै बिहान सामाजिक सन्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै एमालेमा स्वार्थपुर्ति र पदीय महत्वकांक्षा बोकेर एमालेमा आएकाहरु बास्तविक परिक्षणको अवस्थामा बाहिरिएको बताए । मान्छेको वास्तविक परीक्षण सजिलो, स्वार्थपूर्ति र पदीय महत्वकांक्षामा नभइ संकट, त्याग र संघर्षको समयमा हुने उनले बताए । उनले

    लेखेका छन्, ‘आफ्नै लागि आउनेहरु आए, सकेजति लाभ लिए र गए । हाइट र लाइट एमालेकै टोपी, धोती अनि गुन्यू चोली लगाएर बढाए ।’ उनले मान्छेको वास्तविक परीक्षण सजिलो, स्वार्थपूर्ति र पदीय महत्वकांक्षामा होइन, संकट, त्याग र संघर्षको समयमा हुने स्मरण गराउँदै अगाडि भनेका छन्, ‘खाएको थालमा चुठ्नु राम्रो होइन, झन् गएपछि सराप्ने संस्कार वाहियात नै हो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार