Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठक जारी


    आइतबार, पुष २१ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ। शनिवार २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भए पछि आज बिहान देखि पुन बसिरहेको हो।

    बैठक बिहान ८ः३० बजेबाट सुरू भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

    आज दिउँसो देखी सुरू हुने केन्द्रिय समिति बैठकमा पेश गर्न लागेको ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन टुंग्याउनका लागि सो बैठक बसिरहेको हो।

    साथै, बैठकले केन्द्रिय समितिका अजेन्डालाइ पनि अन्तिम रूप दिदैँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार