काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनमा मेघराज पोखरेल नेतृत्वको प्यानलै बिजयी भएको छ । डेमोक्रेटीक लयर्स एशोसिएसन(डीएलए) र नेकपा एकीकृत समाजवादी निकट एसपीएलएको गठबन्धनका अध्यक्षका उम्मेदवार पोखरेलले ३ सय ६८ मत ल्याएर बिजयी भएका छन् ।
शनिबार भएको निर्वाचनमा पोखरेलले दोब्बर मतले नेकपा एमाले निकट पीपीएलए र माओवादीनिकट आरपीएलएका अध्यक्षका उम्मेदवार महेश थापालाई पराजीत गरेका छन् । थापाले १ सय ८१ मत मात्र पाएका छन् । अध्यक्षका अर्का उम्मेदवार प्रेमसिंह धामीले १५ मत प्राप्त गरेका छन् ।
पोखरेलको समूहबाट उपाध्यक्षमा अमरबहादुर राउत, सचिवमा रमणकुमार कर्ण, सहसचिवमा पुन्देवी महर्जन, कोषाध्यक्षमा रामचन्द्र पौडेल बिजयी भएका छन् ।
त्यसैगरी सदस्यहरुमा शशी बस्नेत महिला र खल्ला सदस्यहरुमा दुर्गामोहन श्रेष्ठ, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रमोद रेग्मी, प्रदीपकुमार राजबंशी र सतिशराज मैनाली बिजयी भएका छन् ।
खुल्ला सदस्यमा जितेका सतिश मैनाली माओवादीनिकट आरपीएलएका हुन् ।
सर्वोच्च अदालत बार एशोसिएसन निर्वाचनमा कसले कति मत पाए ?

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend