सोलुखुम्बु । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिने सोलुखुम्बुको विकासलाई तीव्रता दिन सरकारले कुनै कमी हुन नदिने बताएका छन ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा आज आयोजित ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सोलुखुम्बु जस्तो विशेष महत्वको जिल्लामा विकासका संरचनाहरूलाई थप सबल बनाइने बताएका हुन ।
उक्त सडकलाई पक्की बनाउने विषयमा प्रदेश र संघीय सरकारबीच सहकार्य कायम रहेको जानकारी गराउँदै भने, “यो सडकलाई कालोपत्रे बनाउने जिम्मा दुवै सरकारको हुनेछ। सोलुखुम्बुको विकासको अभियानमा सरकारले कुनै कसर बाँकी राख्दैन।’
प्रधानमन्त्री ओलीले सोलुखुम्बु सहासिक व्यक्तित्वहरूको जिल्ला भएको उल्लेख गर्दै भने, “राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा र तेन्जिङ नोर्गे शेर्पा जस्ता विश्वविख्यात सहासिक व्यक्तिहरूको जन्मभुमि खुम्बुमा थप विकासका कामले पर्यटन प्रवर्द्धन गर्न ठुलो सहयोग पुर्याउने छ ।”
प्रधानमन्त्री ओलीले सोलुखुम्बुलाई पर्यटकीय सम्भावनाले भरिपूर्ण जिल्ला भन्दै यहाँका जनतालाई आर्थिक रूपमा सबल बनाउने गरी विकासका कार्यक्रम अगाडि बढाउन सरकार तयार रहेको आश्वासन दिए ।
विश्वकै सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार भएको यो क्षेत्रले साहसिक पर्यटकहरूलाई आकर्षित गर्दै आएको उनको भनाइ छ। सडकको स्तरोन्नति र पूर्वाधारको विस्तारले यहाँको पर्यटन व्यवसायलाई नयाँ उचाइमा पुर्याउने प्रधानमन्त्री ओलीको अपेक्षा छ। यस सडक निर्माणले खुम्बु क्षेत्रका बासिन्दालाई यातायात सुविधा सहज बनाउनुका साथै जिल्लाको समग्र आर्थिक र सामाजिक विकासमा सहयोग पुर्याउने विश्वास गरिएको छ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend